१५ कैदी सहित दुई सय पचासको आँखा जाँच

शुक्रबार, १६ चैत्र २०८०
इलाम : इलाममा बिहीबारबाट सुरु भएको निःशुल्क आँखा शिविरमा दोस्रो दिन दुई सय पचासको आँखा जाँच गरिएको छ । जसमा ४० जनाको मोतिया बिन्दु भएका बिरामीको शल्यक्रिया गरिन जनाइएको छ । दोस्रो दिन इलाम कारागारका १५ जना कैदीको समेत आँखा जाँच गरिएको छ । जसमा चार जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ । इलाम नगरपालिका र विराटनगर आँखा अस्पताल रानी विराटनगरको आयोजनामा शिविर सुरु भएको हो । नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र इलामको संयोजन तथा जुविलेन्ट इलाइट एकेडेमीको सहयोगमा शिविर भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार