इलाममा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु

शनिबार, १७ चैत्र २०८०
इलाम : इलामको रोङ गाउँपालिका ३, कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मेची राजमार्गबाट मार्से जाने सडकबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का गणेश लिम्बूका छोरा १७ वर्षे रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ । सोही ट्यांकरमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक विष्णुबहादुर खड्काले बताए । ट्यांकर चालक ३६ बर्षका मनोज राई घाइते भएका छन् । उनको झापास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार