झापाको गौरादहमा एक महिलाको हत्या

शनिबार, १७ चैत्र २०८०
झापा । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । राति मेघराज दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अबस्थामा मुर्मुले फेला पारेकी थिइन् । पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार