सपोर्ट लघुवित्तको अध्यक्षमा महेश पोखरेल निर्वाचित

शनिबार, १७ चैत्र २०८०
इटहरी - सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रही कारोबार गर्दै आएको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ औ वार्षिक साधारणसभाबाट संस्थापक सेयर सदस्यका तर्फबाट महेशकुमार पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै संस्थापककै तर्फबाट सदस्यहरूमा पुनीत सारडा,सुमित अधिकारी र होमशंकर दाहाल निर्वाचित भएका छन् । यस्तै सर्बसधारण सेयर सदस्यबाट दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् । इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको साधारण सभामा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत महेशकुमार चौधरीले गरेका थिए । यस्तै कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक गोविन्दलाल कर्ण,सञ्चालक सुमित अधिकारी,तारादेवी भटराईले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सभाका अध्यक्ष महेशकुमार पोखरेलले ९ औ साधारण सभाका साधारण र विशेष प्रस्ताव प्रस्तुत गरेका थिए भने पूर्व अध्यक्ष प्रदीप अधिकारीले संस्था समसामयिक विषयमा प्रकाश पारेका थिए । इटहरीमा २०७१ सालमा स्थापना भएको संस्थाको हाल कोशी प्रदेशको ८ ओटा जिल्लाहरूमा २५ ओटा शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । यस्तै करिब २२ हजार विपन्न समुदायका सदस्यहरूमा लघुवित्त बैकिंंङ सेवा प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार