झुम्का कारागारमा कैदिको शंकास्पद तबरले मृत्यु

आइतबार, १८ चैत्र २०८०
झुम्का- सुनसरीको झुम्का कारागारभित्र एक जना कैदिको कुटपिटका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायाधीश राई रहेको प्रहरीले जनाएको छ। पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकेला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको कारागारभित्रै मृत्यु भएको हो। कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन्। कारागारमा भाइको हत्या भएको दाबी उनका भाइ सुवास राईले गरेका छन् । उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नु माग समेत राखेका छन् । न्यायाधीशको शरीरभरि नीलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजू उर्मिला राईले आरोप लगाइन ।यता झुम्का कारागारका प्रमुख धुब्रराज कोइरालाले भने कैदी बन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार