पाँचथर /नेकपा (एमाले) पाँचथरको जिल्ला अध्यक्षमा विष्णु सापकोटा विमल सर्वसम्मत निर्वाचित भएका छन् । अरू पदमा सहमतिको प्रयास भइरहेकाले घोषणा भने भएको छैन ।
अध्यक्षमा मनोनयन दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
सापकोटा यस अघिका कार्यवाहक अध्यक्ष थिए भने पूर्व जिसस प्रमुख समेत हुन् ।
सचिव पदमा पृथ्वी लावतीको नाममा सहमति भएको छ । अर्का आकाङ्क्षी विलास योङ्यले मनोनयन फिर्ता लिएका छन् ।
उपाध्यक्ष र उप सचिवमा सहमति हुन सकेको छैन। कार्यकर्ता सहमति गर्न दबाब दिएका छन् ।
उपाध्यक्षमा नर बहादुर गुरुङ र वीर बहादुर कुरुम्बाङ प्रतिस्पर्धामा छन् ।
उपसचिवमा पुरुषतर्फ जेपि केरुङ र तुलसी थापा, महिला तर्फ कमला योङ्या र कौशिला आङ्देम्बे प्रतिस्पर्धामा छन् ।
पाँच खुल्ला सदस्यका लागि दश जना प्रतिस्पर्धामा छन् । कृष्ण ओझा, खगेन्द्र बाँसकोटा, देविभक्त मैनाली, नवराज घिमिरे, नेत्र चिमोरिया, पीताम्बर भटराई, बुद्धिमा स्याङदान, भजेन्द्र आर्चाय, राजकुमार आङ्देम्बे, बाबुराम कार्की, राजु थाम्सुहाङ र विनोद आङ्देम्बे खुल्ला सदस्यका लागि प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया