प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउन माग

मंगलबार, २० चैत्र २०८०
झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गरिएको छ । भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले कोशी प्रदेश सरकार समक्ष मेची अस्पताललाई प्रदेशिक अस्पताल बनाउन माग गरेका हुन् । प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण भ्रमणमा आएका कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारलाई ज्ञापन पत्र बुझाउँदै शिक्षण अस्पतालको रुपमा स्थापना गर्न नगर प्रमुख पोखरेलले आग्रह गरेका थिए । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन भन्दै भद्रपुरस्थित प्रदेश सरकार मातहत सञ्चालनमा रहेको प्रादेशिक अस्पताललाई सरकारले शिक्षण अस्पताल बनाइनु पर्ने पोखरेलको भनाई छ । हाल मेची अस्पतालमा झापा सहित ताप्लेजुङ‚ पाँचथर‚ इलाम लगायत भारतबाट समेत बिरामीहरू सेवा लिन आउने गरेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार