ताप्लेजुङ / ताप्लेजुङमा कुकुरको आक्रमणबाट छ जना घाइते भएका छन् । आठराई त्रिवेणी गाउँपालिकामा कुकुरको आक्रमणबाट छ जना घाइते भएका हुन् ।
आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा एक स्थानीयले पालेको कुकुरले आक्रमण गरेर तीन बालबालिकासहित छ जनालाई घाइते बनाएको वडाध्यक्ष लक्षुमन राईले जानकारी दिए ।
उनका अनुसार बालबालिकासहित तीन पुरुष र तीन जना महिलालाई कुकुरले आक्रमण ९टोकेर० घाइते बनाएको छ । कुकुरको आक्रमणबाट घाइते हुनेमा वडा सदस्य सञ्जु आङ्बुहाङसहित वडा ५ चाँगेका तीन जना, वडा ४ का दुई र मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुका एक जना रहेका छन् ।
कुकुरको आक्रमणबाट घाइते भएकाले जिल्ला अस्पताल ताप्लेजुङ पुगेर उपचार तथा रेबिजविरुद्धको खोप सेवा लिएका छन् । कुकुरले टोकेर अनुहारमा गम्भीर चोट लागेका एक बालकलाई भने थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएको बताइएको छ ।
कुकुरले गाउँका अन्य कुकुर, बङ्गुर, भैँसी लगायतका पशु चौपायालाई समेत आक्रमण गरेको छ ।
प्रतिक्रिया