रिटमा उल्लेख गरिएअनुसार झापामा रहेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र, बाँसबारी सामुदायिक वनद्वारा सञ्चालित वन्यजन्तु उद्धार केन्द्र, मोरङमा रहेको वेतना सिमसार, सुनसरीमा रहेको यलम्बर पार्क, तालतलैया विकास तथा संरक्षण समिति, हरियाली सामुदायिक वनद्वारा सञ्चालित वन्यजन्तु उद्यान मापदण्डविपरीत सञ्चालनमा छन्।त्यस्तै, चितवनको नजजागृति सामुदायिक वनमा रहेको वन्यजन्तु उद्यान, मकवानपुरमा रहेको सहिद स्मृति पार्क वन्यजन्तु उद्यान र रुपन्देहीमा रहेको मणिमुकुन्द सेन उद्यान चिडियाखानाले न्यूनतम मापदण्ड पनि पालना गरेका छैनन्। रिटमा चिडियाखाना तथा उद्धार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम पूर्वाधार (कुल क्षेत्रफल, भेटनरी)वन्यजन्तु चिकित्सकसहितको जनशक्ति, प्रजाति अनुसार उपलब्ध गराउनुपर्ने क्षेत्रफल र पूर्वाधार, स्थापना र सञ्चालन गर्न पूरा गर्नुपर्ने सर्तका विषयमा मापदण्ड जारीका लागि परमादेशको माग गरिएको छ। नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया