रोङमा प्रतिभाको खोजी गरिने

बुधबार, २१ चैत्र २०८०
इलाम / रोङ गाउँपालिकामा रहेका प्रतिभाहरूको खोजी गरिने भएको छ । गाउँपालिकाले पालिका भित्र रहेका प्रतिभाको खोजी तथा पहिचान गर्ने भएको हो । साहित्य, गायन, नृत्य, क्यारिकेचर जस्ता कला भएर पनि बाहिर नदेखिएका कला बाहिर ल्याइने बताइएको छ । प्रतिभाहरूको खोजी गर्न कार्यपालिकाको बैठकले रोङ प्रतिभाको खोजी निर्देशिका २०८० जारी समेत गरेको छ । लुकेर रहेको कला बाहिर निकाल्नका लागि गाउँपालिकाले कार्यक्रम गर्न लागेको अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले बताए । दुर्गममा अवसर नपाएर गुम्सिएको कलालाई विशेष अवसर दिन पनि कार्यक्रम गर्न लागिएको हो । देश विदेशमा चर्चा कमाउने कला रोङ भित्र नै हुन सक्ने भन्दै उनले खोजी स्थानीय सरकारले गरेको उनको भनाई छ । गाउँपालिका अध्यक्ष अध्यक्ष रहने रोङ प्रतिभा खोजी समितिमा कला साहित्य संगित क्षेत्रमा योगदान गरेका ब्यक्तिहरुमध्ये अध्यक्ष मनोनीत गरेका एक जना संयोजक सहित पाँच सदस्यीय समिति रहने छ । विभिन्न तीन चरणमा हुने प्रतिभा खोजीमा प्रारम्भिक चरनमा समितिद्वारा स्क्यानिङ गरिने, दोस्रो चरणमा स्वतन्त्र निर्णायक मण्डलले प्रतिस्पर्धात्मक छनौट र अन्तिम चरणमा स्वतन्त्र निर्णायक मण्डलद्वारा नै अन्तिम प्रतिस्पर्धात्मक छनौट गरिने बताइएको छ । विजयी प्रतिभालाई जिल्ला, प्रदेश राष्ट्रिय स्तरको प्रतियोगिता, थप कला आर्जनको अवसर अनि विभिन्न संस्था वा कलाकारहरुसग अवसरका लागि पालिकाले पहल गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार