बलेँसीमा लडेर महिलाको मृत्यु

बुधबार, २१ चैत्र २०८०
झापा । झापामा एक जना महिलाको बलेँसीमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका २ निवासी ७८ वर्षीया कमलादेवी अधिकारी रहेको प्रहरीले जनाएको छ । उच्च रक्तचापको बिरामी भएका कारण बलेँसीमा लड्दा उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरमा एक्लै बस्दै आएकी अधिकारीलाई स्थानीयले बलेँसीमा लडेर मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार