आजदेखि  लागू हुने गरि अण्डाको नयाँ बिक्री मूल्य निर्धारण

विहीबार, २२ चैत्र २०८०
काठमाडौं, । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्य  आजदेखि  लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ३७५ रूपियाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रूपियाँ र एक्सएल अण्डा प्रतिक्रेट ४५० रूपियाँ कायम गरिएको छ। संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार