दिलिप रायमाझीकी छोरी दिव्या पनि नायिका

बुधबार, १२ बैशाख २०८१
काठमाडौं । अभिनेता दिलिप रायमाझी नेपाली चलचित्रका स्थापित अभिनेता हुन् । अभिनेताका रूपमा नेपाली चलचित्र उद्योगमा दुई दशकभन्दा लामो समय बिताएका दिलिपकी छोरी दिव्या पनि चलचित्रमा आएकी छन् । दिव्या नायिकाका रूपमा चलचित्रमा आएकी हुन् । अभिनेता प्रदीप खड्काको नायिकाका रूपमा दिव्याले चलचित्र ‘एक्टर’मा अभिनय गर्ने भएकी छन् । आफ्नो बुबाको प्रेरणाले नायिकाका रूपमा यो क्षेत्रमा आएको दिव्याले बताएकी छन् । दिव्यले नायिकाका रूपमा डेब्यु गर्न लागेको चलचित्र एक्टरको मंगलबार बिहान ललितपुरको भंैसेपाटीमा शुभसाइत गरियो । कोभिड सुरु हुनुभन्दा अघि नै यो चलचित्रको निर्माण घोषणा गरिएको थियो । अभिनेता प्रदीप खड्का यसमा त्यतिबेला नै अनुबन्धित भएका थिए । उनीसहित यो चलचित्रमा दिव्या रायमाझी, दिव्यदेव, आना शर्मा, सुशील सिटौला, राजबल्लभ कोइराला, सलोन बस्नेतलगायतको अभिनय रहनेछ । यो चलचित्रको निर्देशन राजन भुसालले गर्दै छन् । चलचित्रको छायांकन अर्को साताबाट सुरु हुने निर्देशक भुसालले बताएका छन् । थमनकुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सहनिर्माताका रूपमा छन् । नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा युनिक रहेको नायक खड्काले जानकारी दिए । फिल्मलाई १५ कात्तिकबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार