दुई उपकुलपति नियुक्त, मध्यपश्चिममा गौतम र पूर्वाञ्चल विश्वविद्यालयमा थपलिया

मंगलबार, १८ बैशाख २०८१
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. विजुकुमार थपलियालाई नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गौतम र थपलियालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ । उहाँहरूलाई सोही मेरिटोक्रेसी अनुसार नै नियुक्त गरिएको हो,’ सचिवालले भनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार