उद्घाटन खेलमा इलाम र सन्दकपुर भिड्दै

सोमबार, २४ बैशाख २०८१
इलाम /  माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने भएका छन् । दोस्रो संस्करण अन्तर्गत २५ गतेबाट सुरु हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने भएका हुन् । माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्लाका १० पालिकाको सहभागिता रहने आयोजक समितिका सचिव महेश सापकोटाले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद २ लाख ११ हजार १ सय ११ पाउने छ । त्यस्तै उपविजेता टिमले १ लाख २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने बताइएको छ । टिममा पालिका भन्दा बाहिरका खेलाडीहरू समावेश गराउन नपाइने भएको छ । यदि अन्य खेलाडी समावेश गराएको पुष्टि भए स्वतः टिम खारेजी हुने जनाइएको छ । फाइनल खेल बैशाख ३१ गते हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार