इटहरी / सुनसरीकाे बराहक्षेत्र स्थित चतराधाममा लागेकाे तेस्रो महाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धार गरेकाे छ ।
२०८० चैत्र २७ गते देखि मिति २०८१ बैशाख २८ गते सम्म संचालन भएको तेस्रो महाकुम्भ मेलामा काेशी नदिबाट ३६ जनाकाे उद्दार गरेकाे हाे ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा राखिएको रेस्क्यु र्याफ्ट तथा मोटरबोट सहितको विपद उद्धार टोलीले १ महिनाको अवधिमा मेलामा स्नान गर्न आएकाहरु मध्ये नदीले बगाएका ६ जना, नदीमा हाम फालेका २ जना र स्नान गर्ने क्रममा नदीमा बेहोश भई ढलेका २८ जना गरी ३६ जनाको उद्धार गरेकाे जानकारी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीले दिएकाे छ ।
यसका साथै महाकुम्भ मेलामा राखीएकाे सशस्त्र प्रहरी बलको मेडिकल अधिकृत सहितको स्वास्थ्य शिविरबाट एक महिनाको अवधिमा ३ हजार ११८ जनालाई सामान्य तथा आकस्मिक उपचार सेवा प्रदान गरिएको थियो।
महाकुम्भ मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा मेला अवधिभर विपद उद्धार टिममा ३० जना, स्वास्थ्य शिविरमा ५ जना तथा सुरक्षा व्यवस्थापनमा गरी करिव ३०० जना स्नान स्थल तथा कार्यक्रमस्थलमा फौज परिचालन गरिएको समेत सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीले दिएकाे छ ।
प्रतिक्रिया