नयाँ बुलन्दद्धारा नेपाल पुरस्कृत

सोमबार, ३१ बैशाख २०८१
इलाम / बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले सोही अनलाइनका उप सम्पादक प्रकाश नेपाललाई पुरस्कृत गरेको छ । ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ बाट माङ्सेबुङ गाउँपालिकामा उप सम्पादक नेपाललाई वितरण गरिएको हो । नेपाललाई नगद दश हजार सहित माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त माक्रिन, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लव भट्टराई, बुलन्द आवाज मिडियामा अध्यक्ष राम योङ्हाङ लगायतले दोसल्ला र नगद सहित पुरस्कृत गरेका थिए । पुरस्कृत नेपाल नया बुलन्द सहित इमेज टेलिभिजनमा आवद्ध छन् । वार्षिक रुपमा सो पुरस्कार वितरण गरिने अध्यक्ष योङहाङले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार