वैशाखमा मात्रै करिब ५२ हजारले गरे पाथीभराको दर्शन

मंगलबार, ०१ जेठ २०८१
ताप्लेजुङ जेठ /  ताप्लेजुङ स्थित पाथीभरा मन्दिरमा वैशाख महिनामा करिब ५२ हजार दर्शनार्थी पुगेका छन् । दर्शन गर्न सो सङ्ख्यामा तिर्थालु भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा ५१ हजार ८ सय ४ जना तिर्थालुले मन्दिरको दर्शन गरेको जनाइएको छ । समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार गत साउन देखि वैशाख मसान्त सम्ममा २ लाख २० हजार २ सय ७२ जनाले मन्दिरको दर्शन गरेका छन् । गत साउनदेखि चैत मसान्तसम्ममा एक लाख ६८ हजार ४ सय ६८ जनाले मन्दिरको दर्शन गरेका थिए । सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले दर्शन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार