खैरो हेरोईन सहित ताप्लेजुङबाट दुई पक्राउ

मंगलबार, ०१ जेठ २०८१
ताप्लेजुङ : प्रतिबन्धित लागु औषध खैरो हेरोईन सहित ताप्लेजुङबाट दुई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ घर भएका ३१ वर्षीय सुवासचन्द्र दाहाल र सोही वडा बस्ने २५ वर्षीय योगेश भारती रहेका छन् । खैरो हेरोईन जस्तो देखिने ४० मिलिग्राम ९४ ग्राम० पदार्थ सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङगेलीले जानकारी दिए । उनका अनुसार मेवाखा प्रहरी चेकपोस्टबाट नियन्त्रणबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । प्र १–०३–००१ प ३२६१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त परिमाणको लागु औषध खैरो हेरोईन फेला परेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार