विराटनगर । विराटनगरमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बरगाछीबाट कञ्चनबारीतर्फ जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर महानगरपालिका–२ पिपल चोकमा दुर्घटनामा परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले गुडिरहेका बेला आफैं अनियन्त्रित भइ सडकबीचको डिभाइडरमा ठोक्किएर बिहान २ः४५ बजेतिर कार दुर्घटना भएको बताए । दुर्घटनामा परेर कार चालक विराटनगर–५ का ३८ वर्षीय राजेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान ६ः३० बजेतिर मृत्यु भएको जानकारी डीएसपी बस्नेतले दिए । तीव्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ । कारभित्र चालक मात्रै रहेको खुलेको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताए ।
प्रतिक्रिया