इलाम / राष्ट्रिय दलित पत्रकार सङ्घको अध्यक्षमा बलराम बराइली चयन भएका छन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।
दोस्रो जिल्ला अधिवेशनले बराइलीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा योगेन्द्र शङ्कर, सचिवमा विक्रम सुन्दास, सहसचिवमा जमुना परियार तथा कोषाध्यक्षमा प्रवीण बिसी चयन भएका छन् ।
सदस्यहरूमा सुनिल शङ्कर, रामकृष्ण परियार, गङ्गा परियार र जुनु बराइली चयन भएका छन् ।
अधिवेशनले मनकुमार बराइली र प्रकाश परियारलाई केन्द्रीय पार्षदमा चयन गरेको छ ।
भीम विसुंखे र अङ्कित बराइलीलाई प्रदेश पार्षदमा चयन गरिएको छ ।
प्रतिक्रिया