चौथो मेयर कपको उपाधि पाथीभरा याङवरकलाई

सोमबार, ०७ जेठ २०८१
ताप्लेजुङ  / पाथीभरा याङवरक गाउँपालिकाले चौथो मेयर कपको उपाधि चुमेको छ । फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको हो । ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सञ्चालित भलिबल प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिकाले सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा पराजित ग¥यो । पाथीभरा याङवरकले यस अघि सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि समेत जितेको थियो । पाथीभरा याङवरकले यस अघि पनि संयोग झैँ फाइनल खेलमा सिदिङ्वा गाउँपालिका सँग नै प्रतिस्पर्धा गदै आएको छ । यस अघिका तीन खेलमा पनि तीनै खेलमा सिदिङ्वालाई हराएको छ । जीतसँगै पाथीभरा याङवरक गाउँपालिकाले दुई लाख ७५ हजार एक सय रुपैयाँका साथ ट्रफी पाएको छ । उपबिजेता भएको सिदिङ्वा गाउँपालिकाले एक लाख ४० हजार एक सय रुपैयाँ पाएको छ । सेमिफाइनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले सम्मान स्वरूप नगद ४५ / ४५ हजार रुपैयाँ पाएका छन् । पाथीभरा याङवरक गाउँपालिकाले खेलाडीको सम्मानका लागि भन्दै यस अघि खेलाडीले जिते बराबर रकम पालिकाबाट थप गरेर खेलाडीलाई वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार