मोबाइल खोसेको रिसमा बहिनी र आमा बुवाको हत्या

विहीबार, १० जेठ २०८१
काठमाडौं । ब्राजिलमा एक किशोरले आफ्नो मोबाइल फोन खोसेको रिसमा आमाबुवा र बहिनीको गोली हानी हत्या गरेका छन् ।घटना साओ पाउलो सहरको हो । अनुसन्धान प्रमुख रोबर्टो अफोन्सोका अनुसार धर्मपुत्र बनाएर ती १६ वर्षिय किशोरलाई घरमा ल्याइएको थियो । मोबाइल चलाइरहेका किशोरलाई उनका बुबाले नचलाउन भनेपछि उनीहरूबीच बहस भएको थियो । त्यसक्रममा बुवाले किशोरको मोबाइल खोसेका थिए । त्यसपछि क्रोधित भएका किशोरले बुवाको ढाडमा गोली हानी हत्या गरेका थिए । बुवालाई गोली हानेपछि १६ वर्षिया बहिनीलाई पनि अनुहारमा गोली हानी हत्या गरे । सो समयमा उनकी आमा भने बाहिर गएकी थिइन् । केहि घण्टापछि घर फर्किएकी आमालाई पनि उनले गोली हानी हत्या गरेको पाइएको अफोन्सोले जानकारी दिए । किशोरका बुवा ५७ र आमा ५० वर्षका थिए । घटना गत शुक्रबारको हो । हत्यापछि किशोर बुवाआमा र बहिनीको शवसँग तीन दिनसँगै बसेका थिए । सो क्रममा ती किशोर जिम र बेकरीमा समेत गएको पाइएको छ । सोमबार आफैँ प्रहरी कार्यालयमा पुगेर किशोरले अपराध स्वीकारेको अनुसन्धान प्रमुख अफोन्सोले जानकारी दिए । अहिले किशोरलाई हिरासत केन्द्रमा राखिएको छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैनबारे पनि अनुसन्धान भइरहेको छ । ब्राजिलमा नाबालिग प्रतिवादीहरू विशेष कानूनद्वारा सुरक्षित छन् र वयस्कहरूको रूपमा मुद्दा चलाउन सकिँदैन । सोही कारण ती किशोरलाई मुद्दा नचलाई गम्भिर अनुसन्धान भइरहेको ग्लोबल नेसनले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार