षडानन्द विश्वविद्यालय स्थापना गर्न दबाब समूह गठन

सोमबार, १४ जेठ २०८१
भोजपुर : बाला गुरु षडानन्द अधिकारीको नाममा कृषि विश्वविद्यालय स्थापना गर्नका लागि भोजपुरमा षडानन्द विश्वविद्यालय सरोकार समूह गठन गरिएको छ । कोशी प्रदेश सरकार मार्फत विश्वविद्यालय स्थापना गर्नका लागि षडानन्द नगरपालिका भोजपुरमा उक्त सरोकार समूह नामक संस्था गठन गरी दर्ता गरिएको हो । ऋषिराज लुम्सालीको अध्यक्षतामा गठन भएको उक्त समूहको उपाध्यक्षमा इटहरीका समाजसेवी एवम् अग्रज पत्रकार कृष्ण अधिकारी रहेका छन् । यसै गरी सचिवमा षडानन्द क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र बस्नेत गरेका छन् । भने अन्य १२ जना सदस्यहरू विभिन्न क्षेत्र तथा भुगोगमा रहेको व्यक्तिहरू रहेको जनाइएको छ । संस्था दर्ता पश्चात् षडानन्द नगरपालिकाका नगरप्रमुख सुरेन्द्र उदासलाई पनि सरोकार समूहले भेटघाट तथा छलफल गरेको थियो । सो क्रममा नगरप्रमुख उदासले बाला गुरु षडानन्दले शिक्षा साथै समाज सुधार तथा परिवर्तनका क्रममा महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा समेत गरेका थिए । विश्वविद्यालय स्थापना गर्नकै लागि ३ सदस्सीय विज्ञ समूह समेत गठन गरी काम अघि बढेको सरकोर समूहका उपाध्यक्ष कृष्ण अधिकारीले बताए । विज्ञ समूहमा प्रा.डा नन्दिश अधिकारी,डा.रमेश घिमिरे र डा.दिवाकर रेग्मी रहेका छन् । विज्ञ समूहले बिश्वबिद्यालयको बारेमा अवधारणा पत्र सहित आवश्यक कागजपत्रहरू तयार पारेपछि प्रदेश सरकार सँग माग पत्र लिएर जाने उपाध्यक्ष अधिकारीले बताए । बाला गुरु षडानन्दले जनताका लागि १९३२ मा पहिलो पाठशाला स्थापना गरेका थिए । त्यस पाठशालामा यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा असम(आसाम) समेतका विद्यार्थीहरू आई अध्ययन गर्दथे। षडानन्दले सती प्रथाका विरुद्ध आन्दोलन समेत गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार