चन्दन रौनियार
दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा सञ्चालन हुने दसौँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बुधवार (भोली) बाट सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिव पशुपति कुमार सरदारले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रतियोगितामा स्थानीय आयोजक सहित आठ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार यूथ क्लबका अध्यक्ष अनिल कुमार विश्वासले जनाएका छन् ।
असार ४ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी ,गढी यूथ स्पोर्टिङ क्लब ,नेपाल एपिएफ कोशी प्रदेश ,सहलेश युवा क्लब रारा फुटबल क्लब धनकुटा, विराटनगर सिटी एफसि विराटनगर मोरङ लगायत आयोजक क्लब गोल्डेन स्टार यूथ क्लब बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
विजेता टिमले उपाधि सहित नगद ४ लाख एक सय एक रुपैयाँ सहित सिल्ड मेडल प्राप्त गर्ने छ । उपबिजेता टिमले नगद २ लाख एक सय एक रुपैयाँ सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ४१ खर्च हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर ७ का वडाध्यक्ष विजय कुमार चौधरीले भलुवा गोल्डकपलाई गरेको सहयोगको विषयमा जानकारी दिँदै भलुवा गोल्डकपलाई विभिन्न सङ्घ संस्था र व्यक्तित्वहरूले गरेको योगदानको चर्चा गरेका थिए ।
प्रतिक्रिया