ग्रेस इन्टरनेसनलको मिट एन्ड ग्रिटमा क्रिकेटर ऐरी इटहरी आउँदै

मंगलबार, १८ असार २०८१
इटहरी : सुनसरीको इटहरीमा ग्रेस इन्टरनेसनल पूर्वाञ्चल प्रालिले मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असार २१ गते हुन लागेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी दीपेन्द्र सिंह ऐरी समेतले सहभागिता जनाउने भएका छन् । ३ महिना अघि मात्र सञ्चालनमा आएको मिट एन्ड ग्रिट कार्यक्रममा बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि परामर्श सँगै क्रिकेटलाई नजिकबाट बुझने मौका पाउने सञ्चालक आशिष दुलालले बताए । ग्रेस इन्टरनेशनलका एम्बासडर समेत रहेका ऐरीले इटहरी आएर विश्वकप टी टवान्टिका अनुभव साथै आफ्नो जीवनी समेत सुनाउने कार्यक्रम रहेको सञ्चालक दुलाले बताए । कार्यक्रममा झन्डै २ सय बढी विद्यार्थी तथा क्रिकेट समर्थकहरूले सहभागिता रहने बताइएको छ । यस्तै इटहरीमा रहेर उत्कृष्ट क्रिकेट क्लब तथा एकेडेमीलाई क्रिकेट समाग्रिहरु समेत वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार