इलाम / जिल्लामा हालसम्ममा करिब ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्य असार बितिसक्दा यहाँ ३० प्रतिशत धान रोपाइँ भएको हो ।
जिल्लाको माथिल्लो क्षेत्रमा रोपाई सम्पन्न भएपछि मध्य र तल्लो क्षेत्रमा रोपाई सुरु भएकै छैन । यहाँ हाल धमाधम रोपाई भइरहेको जनाइएको छ । कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माईका प्राय सबै ठाउँमा रोपाई हुन्छ ।
त्यस्तै इलाम, देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकाको तल्लो भेगमा धान खेती हुने गरेको छ ।
ज्ञान केन्द्रका अनुसार गएको वर्ष १४ हजार आठ सय १५ हेक्टरमा लगाइएको धानबाट ४९ हजार मेट्रिक टन उत्पादन भएको थियो ।
यो वर्ष निरन्तर वर्षा भइरहेकाले धान खेती वृद्धि हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया