इलाम / सुख्खा याममा पानीको अभावमा चराचुरुङ्गी मर्ने समस्या भएको भन्दै चरालाई पानी ब्यवस्थापन गर्न थालिएको छ ।
सहरी क्षेत्रमा वढि यस्तो समस्या भएको भन्दै डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम सुरु गरेको हो ।
डिभिजन वन कार्यालयका वन अधिकृत गजेन्द्र श्रेष्ठले वन्यजन्तु तथा वासस्थान संरक्षण कार्यक्रम अन्तर्गत चरालाई पानी खुवाउने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले कार्यक्रम अन्तर्गत चरालाई पानी खुवाउन प्रयोग गरिने ५६ वटा फाइबरबाट बनेको भाँडा बनाइएको छ ।
राखिएका भाँडालाई विभिन्न सुरक्षित स्थानमा राखिने उनको भनाई छ । कार्यक्रमका लागि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत पाँच लाख रुपैयाँ छुट्ट्याइएको प्रमुख श्रेष्ठको भनाई छ ।
कार्यक्रम मार्फत इलामका विभिन्न चार विद्यालयमा छात्र छात्रालाई चराको महत्त्व र यसको संरक्षणका बारेमा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको छ ।
सब डिभिजन कार्यालय इलामका डिल्ली केशर लम्सालले जुविलियन्ट ईलाइट एकेडेमीका ५०, हेरिटेज नेशनल एकेडेमीका ६० जना र प्रज्ञा सदनका ३८ जना विद्यार्थीहरूलाई चराको महत्त्व र संरक्षणका बारेमा जानकारी गराइएको बताए ।
यस्तै रत्न कुमार वान्तता पोलिटेक्निक इन्स्टिच्युटका फरेस्ट्री समूहका डिप्लोमा तहमा अध्ययनरत ५० विद्यार्थीहरूलाई समेत चराको महत्वका बारेमा जानकारी गराइएको थियो ।
बिभिन्न समयमा कटारी कलेजका उपप्राध्यापक सुमन घिमिरेले चराहरूको महत्त्व र संरक्षणका बारेमा जानकारी गराएका थिए । उनले नेपालमा पाइने विभिन्न चराहरू र उनीहरूलाई चिन्ने तरीका र महत्वको बारेमा जानकारी गराएको बताइएको छ ।
चरालाई पानी खुवाउनका लागि प्रत्येक विद्यालयमा दुई दुई वटा भाँडा हस्तान्तरण समेत गरिएको छ ।
प्रतिक्रिया