पहिरो झर्दा घर र गाडीमा क्षति

सोमबार, २४ असार २०८१
ताप्लेजुङ / सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पहिरोले एक घर र गाडीमा क्षति गरेको छ । माथिदेखि झरेको पहिरोले फुङ्लिङ नगरपालिका–६ बिहीबारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा क्षति पु¥याएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार पहिरोले शेर्पाको घरको भुँइतलाको वाल गारो, रेलिङलगायतमा क्षति पुर्‍याएको छ । यस्तै शेर्पाको घर नजिक सडकमा रोकी राखेको प्रदेश १–०१–००१ ज ३७३१ नम्बरको बोलेरो गाडी ९जिप० लाई क्षति गरेको लुङगेलीले जानकारी दिए । पहिरोसँगै झरेको ढुङ्गाले लागेर गाडी पूर्णरुपमा क्षति भएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार