धरानमा खानेपानीको महसुल घटाउन माग गर्दै आन्दोलन, उपमहानगरको गेट तोडफोडसमेतको प्रयास

विहीबार, २४ साउन २०८१
निशा राई/धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विरुद्धमा आन्दोलन चर्किदैँ गएको छ । खानेपानी महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्य वृद्धि गरेपछि आक्रोशित उपभोक्ताहरूले बिहीबार (आज) उपमहानगर गेट अगाडि आन्दोलन चर्काएका हुन् । यहाँका १० राजनीतिक दलहरूसहित स्थानीय उपभोक्ताहरूले अहिले आन्दोलन गरिरहेका छन् । आन्दोलनले अग्र रूप लिइरहेको छ । चरणबद्ध आन्दोलनमा रहेका उनीहरूले बिहीबार उपमहानगरको गेटसम्म तोडफोडको प्रयास गरेका छन् । बाक्लो संख्यामा भेला भएका स्थानीयबासी र प्रहरीहरूबीच धकेलाधकेलसमेत भएको छ । आक्रोशित स्थानीयबासीहरूले मेयर साम्पाङविरुद्ध मुर्दावादको नारा लगाएका छन् । साउन ११ गतेदेखि धरानमा खानेपानी महसुलको विषयलाई लिएर आन्दोलन निरन्तर गरिदैँ आएको छ । खानेपानी महसुल शुल्क वृद्धिको विरुद्धको आन्दोलन धर्ना कार्यक्रममा ढिलोगरी सम्बोधनमा लागि आएका मेयर साम्पाङले सम्बोधनका क्रममा आइतबार आन्दोलित पक्षलाई वार्ताका लागि बोलाएका थिए । तर, मेयरको सम्बोधन चित्तबुझ्दो नआएपछि आन्दोलनले झन उग्ररूप लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार