खोटाङमा लडेर एक पुरुषको मृत्यु

मंगलबार, ०४ भदौ २०८१
खोटाङ : खोटाङमा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका डिल्लीसेर राई मृत फेला परेका हुन् । साबिकको टेम्मा–२ का ५५ वर्षीया राई साबिकको टेम्मा–३ गैरीगाउँमा पितृपूजा गरेर फर्कने क्रममा एक्लेबर भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । नछुङको झारफुक गर्ने काम गर्दैआएका राईको लडेर मृत्यु भएको अनुमान गरिएको प्रहरी चौकी याम्खाले जनाएको छ । उनी छौवा गर्नका लागि आफन्तसहित गैरीगाउँ गएका थिए । फर्कनेक्रममा सबैभन्दा पछाडि हिँडेका राई बेलामा नआएपछि खोजी गर्दा बाटोभन्दा करिब १२–१५ फिटमुनि मृत फेला परेको स्थानीय निर्मलकुमार राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार