विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–१ गुरधुममा जंगली च्याउ खाँदा चार जना बिरामी परेका छन् । बिरामी पर्नेहरू एकै परिवारका हुन् ।
जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा आइतबार साँझ विजय राईको परिवारका चार जना बिरामी परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार विजयकी पत्नी ५८ वर्षीया बलमाया राई, छोराहरू २५ वर्षीय सुजन, १८ वर्षीय कुमार र बुहारी २४ वर्षीया मञ्जु राई बिरामी परेका हुन् ।
सबैजनाको अवस्था मध्यम रहेको बस्नेतले बताए । बिरामी परेका सबैलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया