मोरङको जहदामा सर्पको टोकाइबाट नाबालिकाको मृत्यु

मंगलबार, ०१ असोज २०८१
विराटनगर । मोरङको जहदामा सर्पको टोकाइबाट मंगलबार बिहानका राति नाबालिकाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार जहादा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु सर्पले डसेर भएको हो । सुतिरहेकी नाबालिकालाई पिसाब गर्न भनेर बिहानका राति २ बजेतिर अभिभावकसँगै घरबाट बाहिर निकालेका थिए । प्रहरीका अनुसार पिसाब गर्दैगर्दा घरको आँगनमै नाबालिकालाई सर्पले टोकेको पाइएको छ । सर्पले डसेर गम्भीर घाइते भएकी नाबालिकालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ बिहान ४ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । नाबालिकालाई कुन सर्पले टोको हो भनेर खुल्न बाँकी छ । सर्पले टोकेर घटना भएको जानकारी प्रहरीलाई चिकित्सकले दिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार