इटहरी : हिसान सुनसरीको आयोजनामा सम्पन्न १२ औँ हिसान स्पोट्र्स २०८२ को पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ कस्तुरी कलेज इटहरी र महिलातर्फ पूर्वाञ्चल कलेज तरहराले उपाधि जितेका छन् ।
पुरुष भलिबलतर्फको फाइनल खेलमा कस्तुरी कलेजले ज्ञानदर्पन एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । बेस्ट अफ फाइभ प्रणालीमा सम्पन्न फाइनल खेलमा कस्तुरी कलेजले २५–१५, २५–१९ र २५–२१ को सेट स्कोरमा जित हासिल गरेको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा पूर्वाञ्चल कलेज, इटहरी २० तरहराले सुस्मा कलेजलाई २५–१४ र २५–१७ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित ग¥यो ।
पुरुषतर्फका व्यक्तिगत विधातर्फ कस्तुरी कलेजका समीर गिरी उत्कृष्ट सर्भर, सनम गुरुङ उत्कृष्ट सेटर तथा प्रजल गिरी उत्कृष्ट डिफेन्स घोषित भए । पूर्वाञ्चल कलेजका दिपेश पुरी उत्कृष्ट ब्लकर घोषित हुँदा ज्ञानदर्पन एकेडेमीका विधान लिम्बु उत्कृष्ट स्पाइकर बने । कस्तुरी कलेजकै भिष्मराज श्रेष्ठ उत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भए ।
महिलातर्फ भलिबल प्रतियोगिताको फाइनल खेलमा पूर्वाञ्चल कलेजले धरान आदर्श धरानलाई पराजित गर्दै उपाधि जितेको हो । बेस्ट अफ फाइभ प्रणालीमा भएको फाइनल खेलमा पूर्वाञ्चल कलेजले धरान आदर्शलाई २५–२०, २५–१८, २२–२५ र २५–२० को सेट स्कोरमा हराएको थियो ।
खेलमा कस्तुरी कलेज, इटहरीले कोशी कलेजलाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल ग¥यो ।
महिलातर्फ धरान आदर्शकी सञ्जीवा राई उत्कृष्ट सर्भर घोषित भइन् । पूर्वाञ्चल कलेजकी आयुषा राई उत्कृष्ट सेटर तथा आशिका धमला उत्कृष्ट ब्लकर घोषित भइन् । धरान आदर्शकी प्रतिक्षा जोशी उत्कृष्ट स्पाइकर तथा कस्तुरी कलेजकी रिया शाही उत्कृष्ट डिफेन्स घोषित भइन् । पूर्वाञ्चल कलेजकी रुमा श्रेष्ठ उत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भइन् ।
प्रतियोगिता पूर्वाञ्चल कलेज÷स्कूल, इटहरी–२० तरहरामा सम्पन्न भएको थियो । भलिबल प्रतियोगिता कार्यक्रमको संयोजक बिसाल कार्की रहेका थिए ।
प्रतिक्रिया