कोशी प्रदेशको चालु अधिवेशन अन्त्य

शुक्रबार, ०४ असोज २०८१
विराटनगर । कोशी प्रदेशको चालु पाँचौं संसद अधिवेशन अन्त्य गरिएको छ । चालु पाँचौं एवं बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरिएको हो । प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा खापुङले संसद अधिवेशन अन्त्य गरेका हुन् । पाँचौं अधिवेशनमा २१ वटा संसद बैठक बसेको छ । २१ औं बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयले पठाएको अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका छन् । प्रदेशसभाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको पाँचौं एवं बजेट अधिवेशन गत वैशाख ३१ गतदेखि सुरु भएको थियो । अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए । कार्कीले अधिवेशन अन्त्य हुनुभन्दा २ दिनअघिको बैठकमा पनि पुनः विश्वासको मत लिएका छन् । अधिवेशनबाट प्रदेश निजामति ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयकलगायतका ऐन पारित भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार