बाढी पहिरोको कारण तरकारी ढुवानीमा समस्या : बढ्यो सबैजसो तरकारीको भाउ

आइतबार, १३ असोज २०८१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागी तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैजसो तरकारीको मूल्यको भाउ बढेको छ । कालीमाटी बजारमा आज सानो गोलभेँडा किलोको ७५ रुपैयाँ किनबेच भइरहेको छ । टनेलको सानो गोलभेँडा आज गोलभेँडा आज किलोको ९० रुपैयाँ किनबेच भइरहेको छ । त्यस्तै, गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ । बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । इस्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ । यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफूलको भाउ पनि बढेको छ । लगातारको वर्षाले हिजो काठमाडौँ उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भई भाउ बढेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार