मेची राजमार्ग मर्मत : थप पहिरोका कारण काम रोकियो

आइतबार, २० असोज २०८१
इलाम : मर्मत हुँदै गरेको माथिबाट पहिरो झरेपछि मेची राजमार्गको माईखोला भन्ज्याङ सडक खण्ड मर्मतको काम रोकिएको छ । माथिल्लो क्षेत्रमा धाँजा फाटेर झनै जोखिमपूर्ण भएपछि भइरहेको मर्मतको काम रोकिएको हो । शनिवार साँझदेखि सो क्षेत्र मर्मतको काम रोकिएपछि कहिले सम्ममा मर्मत भइसक्छ भन्ने पनि अन्योलमा परेको छ । डिभिजन सडक कार्यालय इलामका इन्जिनियर ढुङ्गानाका अनुसार माथिल्लोपट्टिबाट पहिरोको झरेपछि जोखिम बढेर काम स्थगित गरिएको हो । सो सडक बन्द भएपछि वैकल्पिक सडकका रूपमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने बताइएको छ । ‘दसैँमा सो सडक नबन्दा धेरैले सास्ती भोग्नु परको छ । सडकको करिब ३० मिटर राजमार्गमा पहिरो गएपछि सडकको सम्बन्ध टुटेको हो । यो सडक बगेसँगै झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यात्रामा यातायात परिवर्तन गर्नु पर्ने बाध्यता छ । मेची राजमार्गको यो सडकसँगै फिदिम दुईको रमिते र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल भत्किएपछि समस्या भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार