इटहरी : यो दसैँमा टाटाको पन्च इभी, टियागो इभी, टिगोर इभी, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ वटा गाडी बिक्री गरेको छ ।
यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ्ग लिएर सुरुवात गरेको टाटा पन्च इभिको यो दसैंमा ३७७ युनिट डेलिभरी भएको छ ।
सुरुआती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च इभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।
सिजापतिकाअनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।
टाटाको पन्च इभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको कम्पनीको दाबी छ । यो दसैंमा पनि टियागो इभीको एक सय ५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।
साथै टाटाको टिगोर इभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भएसंगै सिप्रदीले यो दसैँमा ७५१ टाटा कारहरू डेलिभरी गरेको छ ।
यसैगरी ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैंभरी सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जको व्यवस्था गर्ने जर्नाको छ ।
नेपालमा एक सय ८५ वटा चार्जिङ्ग नेटवर्क रहेका छन् भने १६ वटा सर्भिस सेन्टरहरू रहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया