एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

सोमबार, २८ असोज २०८१
काठमाडौँ : मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । २३९ यात्रु रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिँदा विमानमा केही नभेटिएको बताइएको छ । सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ । यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार