सुनसरीको रामधूनीमा मदिरा सेवनपछि खुकुरी प्रहार, एक घाइते

शुक्रबार, ०२ जेठ २०८२

इटहरी : सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहिबार राति मादक पदार्थ सेवनपछि दुई जनाबीचको सामान्य विवादले हिंसात्मक रूप लिएपछि खुकुरी प्रहार गर्दा एक जना घाइते भएका छन ।

रामधूनी–५ निवासी ३५ वर्षीय सन्देश दोङ तामाङ र २७ वर्षीय रोशन अधिकारीबीच विवाद भएको थियो। प्रारम्भिक जानकारी अनुसार, उनीहरू दुबै मादक पदार्थ सेवन गरिरहेका बेला सामान्य भनाभन भएपछि सन्देशले रोशनलाई खुकुरी प्रहार गरेका थिए। प्रहारबाट रोशनको बायाँ हातका दुई औंला र बायाँ घुँडामा चोट लागेको छ।

घाइते अधिकारीलाई तत्काल झुम्कास्थित साई हस्पिटलमा पुर्‍याएर सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। अधिकारीको अवस्था सामान्य रहेको बताइएको छ।

खुकुरी प्रहार गर्ने तामाङ भने घटनापछि फरार भएका छन्। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार