कोहलपुर : दसैको टीकाको दिन राति टाउको छेदन गरी शव फालिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रबहादुर कामीको टाउको प्रहरीले आज फेला पारेको छ ।
टाउको बाहेकको शव मात्र फेला परेपछि प्रहरीलाई समेत यस घटना टाउको दुखाइको विषय बनेको थियो । प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरि व्यापक रूपमा खोजतलास गर्ने क्रममा आज मृतक कामीको टाउको सेफटीटयांकि भित्र फेला परेको छ ।
प्रहरीका अनुसार कामीको टाउको घटनास्थलबाट करिब ५०० मिटर पूर्व उत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा फेला परेको हो ।
कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिवार राति कामीको टाउको नभएको शव फेला परेको थियो ।
घटना पश्चात् शङ्काको घेरामा रहेका अनिल परियारको बहिनी नाता पर्ने सुनिता परियारको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा मृतक कामीको टाउको फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलदेखि करिब दुई सय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सिसिटिभी क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको हुँदा सोही फुटेजलाई आधार मानेर अनुसन्धान गरिएको थियो ।
सो बारेमा अझै पनि विस्तृत रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया