दसैँमा श्रीमतीको हत्या-हतियार सहित पति पक्राउ

सोमबार, २८ असोज २०८१
झापा : झापाको अर्जुनधारामा प्रहरीले श्रीमतीको हत्या गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका– ३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुंगेघारी बस्ने ४६ वर्षीय बीरबहादुर चौहानले धारिलो हतियारले घाँटीमा प्रहार गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना भुजेल चौहानको हत्या गरेका थिए । हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको छ । हतियार प्रहार गरी बिरबहादुर फरार भएका थिए । जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्त कृष्ण चन्दले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार