खनाल भन्छन् अन्याय भयो अदालत जान्छु

सोमबार, १२ मंसिर २०७९
नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले सत्ता गठबन्धन, कांग्रेस, निर्वाचन आयोग आदि उपर गम्भीर प्रश्न उठाएका छन् । इलाम १ को चुनावी पराजयबीच उनले मतगणना बहिष्कार गरेका छन् । अन्तिम अवस्थामा मतगणनामा धाँधली भएको आरोप लगाउदै पुन मतगणना गर्न माग राख्दै आएका थिए । तर पुन मतगणना गर्नुपर्ने कुनै कारण नभएको र उनले प्रमाण बिनै आरोप लगाएका कारण निर्वाचन आयोगले मतगणनालाई निरन्तरता दिएको थियो । गणनामा सुरुदेखि नै रहस्यमय र धाँधलीपूर्ण गतिविधि भएको,मतगणना अधिकृतले एकैपटक विभिन्न पालिकाका ३२ वटा बाकस घोप्ट्याउन लगाएको,पाँच सय मत गायब बनाएको लगायतका गम्भिर आरोप खनालले लगाएका छन् । गठबन्धन घटकभित्र मण्डले र द्रव्यपिशाच प्रवृत्तिका आत्मघाती र गैरजिम्मेवार तत्वहरु रहेको बताउदै उनिहरुले अन्तर्घात गरेको समेत खनालले आरोप लगाएका छन् । आफुलाई निर्वाचन आयोगले अन्याय गरेको भन्दै खनालले अदालत गएर न्याय माग्ने बताएका छन् । इलाम १ बाट खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भइसकेका छन् । खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । बस्‍नेतले २५ हजार ६९९ मत ल्‍याउँदा खनालले २३ हजार ४५ मत पाए । खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार