सुनसरीका सात क्याम्पसमा यस्तो छ, चुनावी तालमेल (सुचीसहित)

शनिबार, २७ फागुन २०७९
इटहरी । आसन्न चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुनसरीका सात क्याम्पसमा ठुला देखि साना विद्यार्थी सङ्गठन तालमेल गरेर निर्वाचनमा जाने भएका छन् । जिल्लाका सात क्याम्पस मध्ये एक दुई वटा बाहेक अन्यमा फरक फरक विद्यार्थी सङ्गठनले आफ्ना आफ्नै समूह बनाएर निर्वाचनमा होमिएका हुन् । तालमेल भएका क्याम्पस मध्ये अधिकांश जिल्ला स्तरीय विद्यार्थीले नेताहरूले मिलाएका छन् भने कतिपय भागबन्डामा कुरा नमिल्दा एकल उम्मेदवार दिएका छन् । :नेकपा एमाले निकट विद्यार्थी युनियन ( अनेरास्ववियु ) -जनता बहुमुखी क्याम्पस इटहरीमा सभापति अनेरास्ववियुका उज्ज्वल सिग्देल, सचिव अनेरास्ववियु (क्रान्तिकारी) का अर्जुन पौडेल (तालमेल) -सप्तकोशी बहुमुखी क्याम्पस चक्रघट्टि चित्रामान राई (एकल) -पुर्वाञ्जल इन्जिनियरिङ क्याम्पस धरान अशेष रेग्मी (एकल) -महेन्द्र बहुमुखी क्याम्पस धरान सुनिल सुब्बा (एकल) -हात्तीसार केन्द्रीय प्रविधि क्याम्पस प्रतीक ओझा (एकल) -पिण्डेश्वर संस्कृत विद्यापीठ धरान सुधाकार पोख्रेल (लगभग सहमति) :नेपाली काङ्ग्रेस निकट विद्यार्थी युनियन नेपाल विद्यार्थी संघ -जनता बहुमुखी क्याम्पस नेविसंघ सभापति सहदेव काफ्ले, समाजवादी विद्यार्थी युनियन (सचिव) अर्जुन राई -सुनसरी बहुमुखी क्याम्पस इनरुवा नन्दन गुप्ता (एकल) -सप्तकोशी बहुमुखी क्याम्पस चक्रघट्टि सभापति नेविसंघ मार्शल तामाङ (नेविसंघ, राप्रविसंघ, अनेरास्ववियु क्रान्तिकारी) तालमेल -पुर्वाञ्जल इन्जिनियरिङ क्याम्पस धरान सभापतिमा नवीन श्रेष्ठ, समाजवादी विद्यार्थी युनियनलाई सचिव (तालमेल) -महेन्द्र बहुमुखी क्याम्पस धरान नेविसंघका सभापति विनोद आले मगर, अनेरास्ववियु क्रान्तिकारीसँग तालमेल -हात्तीसार केन्द्रीय प्रविधि क्याम्पस अविनव गुरागाई (एकल) :नेकपा माओवादी केन्द्र निकट विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारी -पुर्वाञ्जल इन्जिनियरिङ क्याम्पस धरान सभापति मन्दिप अधिकारी (एकल) :जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन -सुनसरी बहुमुखी क्याम्पस इनरुवा सभापति देव कुमार यादव, सचिव अनेरास्ववियु विशन कार्की लोकतान्त्रिक विद्यार्थीलाई युनियनलाई कोषाध्यक्ष  (तालमेल) यी बाहेक राप्रपा, तथा नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठनले जिल्लाभर एकल उम्मेदवार दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार