इटहरी : एकता,सद्भाव र आर्थिक सम्बृद्धिको मूल नाराका स्थापना भएको खिडसिने अधिकारी (खत्री) कल्याणकारी कोषको दोस्रो साधारण सभा इटहरीमा सम्पन्न भएको छ ।
इटहरी स्थित लायन्स क्लबको सभा हलमा सम्पन्न भएको उक्त साधारणसभाको प्रमुख अतिथिका रूपमा कश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारी रहेका थिए ।
खिडसिने खत्री अधिकारीहरूका लागि आर्थिक उपार्जन समेत काम गर्दै आएको कोषले यस कार्यकालमा २ लाख ५० हजार रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ ।
कोषको साधारणसभाले पुन जयप्रकाश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत बिस्तार गरेको छ । यस्तै उपाध्यक्षमा शान्तिबहादुर अधिकारी तथा सचिवमा लीलाराज अधिकारी सहित ११ जनाको कार्यसमिति चयन भएको छ ।
प्रतिक्रिया