सुनसरी ४ : मतगणना तत्काल सुरु नगरिए सडक संघर्ष गर्ने एमालेको चेतावनी

सोमबार, १२ मंसिर २०७९
सुनसरी क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना तत्काल सुरु गर्न एमालेले माग गरेको छ । मतगणना तत्काल सुरु नगरिए सडक संघर्ष गर्ने नेकपा एमालेको चेतावनी छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जगदीशप्रसाद कुसियतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरे । तत्काल कुनै निर्णय नभए सडक संघर्ष सुरु गर्ने उनको भनाइ छ । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनले आज निर्णय गरेर टुंगोमा पुग्नुपर्ने बताएका छन् । “आज पनि मतगणना सुरु भएन भने हामी सडक संघर्ष गर्नेछौँ”कुसियतले भने । कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनको भनाइ छ । यता बिज्ञप्ती नै निकालेर राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रोकिएको मतगणना सूचारु गर्न माग गरेको थियो । मतगणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो । थपिएको ६०६ मत घटाएर मत गणना सुचारू गर्नुपर्ने एमालेको अडान छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार