सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १३ कार्तिक २०८१
काठमाडौँ : नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले सुनको भाउ बढेको छ । आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार