सामान्य वादविवादमै धरानमा चक्कु प्रहार

सोमबार, १९ कार्तिक २०८१
धरान : सुनसरीको धरानमा भाइटिकाको दिन सामान्य विवाद हुँदा एक युवा माथि चक्कु प्रहार भएको छ । धरान १५ स्थित किचन खाजा घरमा चक्कु प्रहार हुँदा धनकुटाको चौबिसे घर भएका ३५ वर्षीय श्याम लिम्बु गम्भीर घाइते भएका छन् । सामान्य वादविवाद भएपछि धरान १५ का खेम भट्टराईले लिम्बुको टाउकोमा धारिलो चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका लिम्बुको उपचार धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । चक्कु प्रहार गर्ने भट्टराईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार