‘सात महिनामा उच्च शिक्षाका लागि ४४ अर्ब बाहिरियो’

मंगलबार, ३० फागुन २०७९
काठमाडौँ। वैदेशिक शिक्षाका लागि चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट पौने ४४ अर्ब रुपैयाँ बाहिरिएको नेपाल राष्ट्रबैंकको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षाका नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको हो । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न देशमा गरी कूल ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको हो। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। तुलनात्मक रुपमा यसवर्ष शिक्षातर्फको खर्च ९३.५४ प्रतिशतले बढेको बैंकले जनाएको छ। चालु आर्थिक वर्षको ७ महिनामा सेवातर्फको खर्च बढेको छ। केन्द्रीय बैङ्कका अनुसार साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो। जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५ करोड रुपैयाँ बराबरको घाटा लाग्न पुगेको छ। यद्यपि, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय १०७.४ प्रतिशतले र भ्रमण व्यय ५६.६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस्तो आय–व्यय क्रमशः १५ अर्ब ५४ करोड रुपैयाँ र ३९ अर्ब ९६ करोड रुपैयाँले घाटमा रहँदा कूल घाटा ५५ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार