पाँचथर : मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड अन्तरगत पाँचथरको भारपामा ट्रक दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
हिलिहाङ गाउँपालिका वडा नम्बर ६ ढकाल गॉउ नजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटनामा पर्दा हिलिहाङ ३ साम्रेका ५७ वर्षीय भवानी सङ्कर पौडेलको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परी ट्रकमा सवार इलाम सूर्योदय नगरपालिका १२ निवासी ५२ वर्षीय तेजबहादुर दाश र झापा चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते छन् ।
उनीहरूको शरीरका विभिन्न अङ्गमा चोट लाग्नका साथै अवस्था केही जटिल रहेकाले पाँचथर अस्पतालबाट झापा स्थित वि.एन्ड.सी अस्पतालका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ट्रक हिलिहाङ १ सिंहापुरदेखि झापाका लागि गोलिया बोकेर जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनीलाल साहले बताए ।
प्रतिक्रिया